Logo
Logo

विश्वभर महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु



काठमाडौं । आज मङ्सिर ९ (नोभेम्बर २५-डिसेम्बर१०) सम्म विश्वभर महिला हिंसाविरुद्ध को १६ दिने अभियान सुरु भएको छ । नेपालले लैङ्गिक हिंसाविरुद्धको अभियानका लागि यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा तय गरेको छ । तर अन्तर्राष्ट्रिय नारा भने ‘अरेन्ज द वल्र्ड इन्ड भ्वाइलेन्स एगेन्स् वुमन नाउ’ रहेको छ ।

महिलाविरुद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसा हो । सो कारण महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुग्छ । यस सन्दर्भमा नेपालमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगसहित महिला तथा किशोरीको क्षेत्रमा काम गर्ने थुपै्र सङ्घसंस्थाले १६ दिनसम्म हिंसाविरुद्ध विविध कार्यक्रम गर्ने गर्छन ।

सरकारले सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाउन विगत वर्ष बाटनै सङ्घ, प्रदेश, जिल्ला तथा ७५३ स्थानीय तहदेखि वडास्तरीय, विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्न निर्णय समेत गरेको छ ।

महिला हिंसाविरुद्ध विद्रोह गर्ने अग्रणी महिला योगमाया न्यौपानेको स्मरण गरिने छ । अन्तर्राष्ट्रिय रूपमा अभियान मनाउनुमा प्याट्रिया, मिनर्भा र मारिया नामक दिदीबहिनीको साहस र योगदान रहे पनि नेपालका योगमायाको योगदान को नै चर्चा गरिन्छ । योगमायाले लैङ्गिक समानताको मुद्दा स्थापित गर्ने अभियानका क्रममा समानताको न्यायको माग गर्दै विसं १९९८ असार २२ गते तत्कालीन राणा शासनलाई चुनौती दिएर विद्रोहस्वरूप अरुण नदीमा अनुयायीसहित जलसमाधि लिएकै स्थानमा पुगेर आज उनको सम्झना गरिन्छ ।

कसरी सुरु भयो यो अभियान ?
नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तीन साहसिक दिदीबहिनी प्याट्रिया, मिनर्भा र मारियाले समानताको आवाज उठाउँदा त्यहाँको तत्कालीन तानाशाहको निर्देशनमा उनीहरूको हत्या भएको थियो । ल्याटिन अमेरिकी देशहरूले तीन दिदीबहिनीको साहसको कदर गर्दै २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थाल्यो ।

त्यसको तीन दशकपछि १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने घोषणा ग¥यो । त्यसपछि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका दिनलाई हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा विश्वभर जागरणमूूलक कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ । नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्