Logo
Logo

मोरङका संघीय निर्वाचन क्षेत्रमा पौडेल-कोइराला पक्षको वर्चश्व



मोरङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा संघीय निर्वाचन क्षेत्रमा पौडेल-कोइराला पक्ष बलियो देखिएको छ ।

मोरङमा रहेका ६ वटा संघीय निर्वाचन क्षेत्रअन्तर्गत बिहीबार बिहानसम्ममा ५ वटाको नतिजा आइसकेको छ । जसमा ४ वटामा संस्थापन इतर र १ वटामा संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षले विजयी हासिल गरेको छ ।

क्षेत्र नम्बर ४ मा भने बुधबार बेलुकादेखि मतगणना जारी छ। यो क्षेत्रमा सभापतिका उम्मेदवार वसन्त हुमागाईं र विनोद बस्नेतबीच स्पर्धा जारी छ। जिल्ला निर्वाचन समितिका अनुसार ५ वटा क्षेत्रको भने अन्तिम मतपरिणाम आइसकेको छ।

क्षेत्र नम्बर १ मा शंकर राई, २ मा नागेश्वरप्रसाद सिंह, ३ मा गणेश खड्का, ५ मा जीवछ गच्छदार र ६ मा देवराज तामाङ सभापतिमा निर्वाचित भएका छन् । संस्थापन पक्षका गच्छदार र संस्थापन इतरका राई सर्वसम्मत सभापति चयन भएका हुन् ।

क्षेत्र नम्बर २ मा पौडेल–कोइराला पक्षका सिंह प्रतिस्पर्धीहरु सत्यनारायण सिंह र यज्ञ कार्कीलाई पछि पार्दै सभापतिमा बुधबार राति निर्वाचित भए । क्षेत्र नम्बर ३ मा संस्थापन इतरकै खड्काले प्रतिस्पर्धी गणेश ढकाललाई हराए।

क्षेत्र नम्बर ६ मा संस्थापन इतरकै देवराज तामाङ सभापति बने। उनी संस्थापन पक्षका चेतराज रेग्मीलाई पराजित गरेर पार्टीको नेतृत्वमा आएका हुन् ।

राजनीतिको केन्द्र मानिने मोरङमा सबै पार्टीका नेताले आन्तरिक निर्वाचनलाई पनि आफ्नो समूहको प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन् । मोरङ कांग्रेसभित्र पौडेल–कोइराला पक्षको बलियो पकड भएको जिल्ला मानिन्छ ।

कांग्रेस निर्वाचनमा प्रदेश १ का प्रदेशसभा सदस्य ९सांसद०सहित पूर्वमन्त्री र चर्चित नेताहरु समेत पराजित भएका छन्। प्रदेश सांसदहरु बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भएका छन् ।

नेतृ मृदुला कोइराला, नेविसंघका पूर्वनेता बाबुराम कोइराला, दीपक लोहनी, महिला संघ मोरङकी सचिव प्रमिला थापा, दामोदर कोइरालालगायतले हार बेहोरेका छन्।

प्रतिक्रिया दिनुहोस्