काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । ओली बिहीबार चितवन पुगेका हुन् ।
आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ ।
यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवनमा आउने क्रम सुरु भएको छ । एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी किनारमा गर्ने कार्यक्रम रहेको छ भने बन्दसत्र सौराहामा सञ्चालन गरिनेछ ।