Logo
Logo

विद्यार्थी संगठनले एक रुपैयाँ संकलन गरी निगमलाई बुझाए



काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई कमिशन स्वरुप एक रुपैयाँ अभियान सञ्चालन गरि संकलन गरिएको रकम हस्तान्तरण गरेका छन् ।

बिहिबार निगमको केन्द्रीय कार्यालय टेकुमा पुगरेर विद्यार्थी संगठनहरुले विरोध स्वरुप रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले निगम परिसरमा नारा जुलश गर्दै आयल निगमका भ्रषटाचारीहरु होसियार, आयल निगमका भ्रष्ट कर्मचारीहरु राजीनामा दे, पेट्रोलिएम पदार्थमा गरिएको मूल्यविद्धि खारेज गर लगायतका नारा लगाएका थिए ।

संयुक्त विद्यार्थी संगठनका नेताहरुले आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यविद्धि फिर्ता नलिए कडा आन्दोल गर्न बाध्य हुने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्