Logo
Logo

१४ हजार ६६० लिटर घरेलु मदिरा नष्ट


- दृष्टि न्युज/संवाददाता


बाजुरा । जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि अहिलेसम्म अबैधरूपमा बेच्न राखिएको १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।

कार्यालयले अवैधरूपमा मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए ।

मदिराकै कारण प्राय श्रीमान्न–श्रीमतीबीच झगडा हुने, समयमा काममा जान नपाउने, बालबालिकाको पढाइमा बाधा पुग्ने र घरपरिवारका साथै समाजमा समेत असर परेको बडीमालिका नगरपालिका–९ की महिला वडा सदस्य तुला विष्टले बताएकी छन् ।

जिल्लामा हुने अपराधबारे अनुसन्धान गर्दै जाँदा जाडरक्सी सेवन, विकृतिको मुख्य कारकको रुपमा रहेको पाइएकाले मदिरा उत्पादन र सेवनलाई निरुत्साहित गर्ने अभियान चलाइएको डिएसपी उद्धवसिंह भाटको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्