Logo
Logo

केन्द्रीय कमिटीमा एकतिहाई महिला हुन्छ : शिवमाया



चितवन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा शिवमाया तुम्बाहाम्फे १०औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा एकतिहाई महिलाको सहभागिता हुने बताएकी छन् ।

भोलि (शुक्रबार)बाट सुरु हुन लागेको १०औं महाधिवेशनमा सहभागी हुने चितवन आइपुगेकी नेता तुम्बाहाम्फेले केन्द्रीय कमिटीमा एकतिहाई महिलाकाे सहभागिता विधानले सुनिश्चित गरेको र त्यसलाई अभ्यासमा ल्याउने उनले बताइन् ।

‘एकतिहाईको कुरा हामीले विधानमा लेखेका छौँ । विधानमा लेखिसकेपछि हामीले अभ्यासमा ल्याउँछौँ,’ उनले भनिन्, ‘केन्द्रीय कमिटीमा एकतिहाई महिलाको सहभागिता हुन्छ । विधानले सुनिश्चित गरेकाे, त्यसलाई अभ्यासमा ल्याउँछौँ ।’

एमालले आफ्नो पार्टीभित्र मात्रै नभएर राज्यको रहेक अंगमा महिलाको सहभागिता बढाउनुपर्ने आवज उठाउँदै आएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्