काठमाडौं । नेपाली कंग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पुनः अधिवेशन गनुपर्ने बताएका छन् ।
आज (बिहीबार) पार्र्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषण गर्दै डडेलधुरामा पुनः अधिवेशन गर्नुपर्ने बताएका हुन् ।
‘म अहिलेसम्म पार्टीको उपसभापति हुँ । मैले पार्टीका फोरमभन्दा बाहिर बोल्दै हिँड्न मिल्दैन’ निधिले भने, “डडेलधुरामा पुनः अधिवेशन हुनुपर्छ । यो कुरा मैले सभापतिलाई भेटेर पटक–पटक भनेको छु ।’
डडेलधुरामा कांग्रेसको जिल्ला अधिवेशन नै सम्पन्न भइसकेको छ । संस्थापन इतरको असहमतिका बाबजुद एकपक्षीय रुपमा जिल्ला अधिवेशन भएको थियो ।