Logo

प्रथम बाजुरा महोत्सवको तयारी पूरा


Published On : 15 May, 2019

बाजुरा । उद्योग वाणिज्य संघ बाजुराले आयोजना गर्न लागेको प्रथम बाजुरा महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । भोलि जेठ ३ देखि ९ गते सम्म सदरमुकाम मार्तडीमा आयोजना हुने महोत्सवको आन्तरिक व्यवस्थापनको तयारी पुरा गरेको छ । भने बाह्य तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा आउने कलाकारको सूची तयारी भएको र प्रमुख अतिथि देखि अतिथिको समेत एकीन गरिसकिएको वाणिज्य संघका कार्यालय प्रमुख टेकबहादुर धामीले बताएका छन् । महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गर्नु हुने कार्यक्रम रहेको छ ।

महोत्सवमा चर्चित कलाकारहरु सुमन अधिकारी, स्मृति शाही, रमिला न्यौपाने, पूर्णकला विसी, पुस्कल शर्मा रबी ओड सहीत २ दर्जन बढी कलाकारहरुको उपस्थिति रहने भएको छ । महोत्सवमा साँस्कृतिक झाँकीहरु तथा डेउडा खेल प्रतियोगीता सहित भब्य महोत्सव समापन समारोह गरिने बाणिज्यसंघका अध्यक्ष देवबहादुर रोकायाले जानकारी दिनुभएको छ । प्रथम बाजुरा महोत्सव सदरमुकाम मार्तडीको नेपाल टेलिकमसंगै जोडिएको तालि भन्ने स्थानमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्