काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा सहभागी हुन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन पुगेका छन् ।
एमालेको महाधिवेशनमा अतिथिको रुपमा शुभकामना दिनका लागि ठाकुर आज चितवन पुगेका हुन् ।
उनी आज बुद्ध एयरबाट चितवन पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा भने भोलि मात्रै चितवन पुग्ने भएका छन् ।
उनी हेलिकप्टरमार्फत भोलि चितवन जाने कार्यक्रम रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने नजाने भएका छन्। उनलाई पनि अतिथिको रुपमा बोलाइएको थियो ।