Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

एमाले महाधिवेशनको रौनकदेखि कानुनव्यवसायीलाई प्रमको निम्तोसम्म



हेडलाइन्स्

१. सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास, चोलेन्द्र शमशेर जबराविरुद्ध तत्काल महाअभियोग लगाउन कानुन व्यवसायी तथा अभियन्ताहरूको माग, राणाविरुद्ध महाअभियोगको प्रक्रिया अगाडि नबढाए राजनीतिक दलविरुद्ध आन्दोलन गर्ने चेतावनी, प्रधानन्यायाधीशले विचौलियाको संरक्षण तथा अदालतमा भ्रष्टाचार संस्थागत गरी विकृतिहरू बढाएको आरोप ।

२. प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत कानुन व्यवसायीहरुलाई छलफलका लागि बोलाए, शुक्रबार बिहान १० बजे काुनन व्यवसायी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता हुने नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरण अवधारणाका विषयमा छलफल हुने ।

३. शुक्रबारदेखि चितवनमा सुरु हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइयो, उद्घटन शत्रमा देशभरीबाट पाँच लाखले सहभागिता जनाउने सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईको दावी, नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न सात स्थानबाट जुलुस निकालिने ।

४. सर्वोच्च अदालमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिने, हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने मिति (निसु) तोकिएका मुद्दाको पनि गोलाप्रथाबाटै पेसी तोक्ने न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट)को निर्णय, बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने उपस्थित भएनन् ।

५. एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको भनाइ, एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएको आरोप, तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने धारणा, सर्वाेच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको भनाइ ।


६ . नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहुन्जेल एमाले नजाने नेता वामदेव गौतमको घोषणा, नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाएन उक्त पार्टीमा जाने, केही नभए आफ्नै नेतृत्वमा छुटै पार्टी गठन गरेर अगाडि बढ्ने, आफूले नै बोकेर पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएको ओलीको कार्यशैली ठिक नभएको आरोप ।

७. आसन्न १४औँ महाधिवेशनमा सभापतिकामा उम्मेदवारी दिने नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले घोषणा, आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राख्ने, रुपान्तरण, पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने, जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम तथा तेस्रोलिङ्गीलगायत सबैलाई सम्मानका साथ कांग्रेसमा सहभागी गराउने ।

८. नेप्से परिसूचक आज पनि ओरालो लाग्यो, लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द, र नेप्से परिसूचक ३ दशमलव २२ अङ्कले घटेर दुई हजार ७३१ दशमलव ७,८ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्सन शून्य दशमलव ४,५ अङ्कले बढेर ५१५ दशमलव ६,४ मा पुग्यो, कूल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार ३३१ मा खरिद बिक्री ।


९. आइसीसी महिला टी–२० विश्वकप छनोटमा नेपालले सानदार जित, कुवेत नौ विकेटले पराजित, लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै त्रिभुवन आर्मी हरपुर क्रिकेट च्याम्पियन ट्रफीको सेमिफाइनलमा, यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ को लगातार दोस्रो जित, कर्णाली प्रदेशलाई ७६ रनले पराजित ।

१०. मालियाको राजधानी मोगादिसुनजिकै भएको कारबम विस्फोटमा कम्तीमा पाँच जनको मृत्यु, १५ जना घाइते, स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले १२ घण्टा नबित्दै राजीनामा दिइन्, दिल्ली सरकारले निर्माण मजदुरलाई राहत स्वरूप पाँच हजार दिने, फ्रान्सले सबै वयस्कहरूलाई कारोनाविरूद्धको अतिरिक्त खोप दिने, दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी ।

प्रतिक्रिया दिनुहोस्