Logo
Logo

स्वीडेनमा प्रधानमन्त्रीका लागि पुनः मतदान हुने



काठमाडौं । स्वीडेनका विधायकहरूले आगामी सोमबार ‘सोसल डेमोक्रेटिक पार्टी’का नेता म्याग्डालेना एन्डर्सनलाई नै प्रधानमन्त्री बनाउने या नबनाउने भन्ने विसयमा संसदमा मतदान गरिने भएको छ । यो साता नै प्रधानमन्त्री चुन्नका लागि हुने दोस्रो मतदान हुने भएको बताइन्छ ।

संसदले बुधबार देशकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा एन्डर्सनलाई निर्वाचित गरेको थियो । तर उनको गठबन्धन सरकारका तर्फबाट सहभागी भएकाहरुले उनलाई साथ नदिने भएका थिए । कारण प्रधानमन्त्री निर्वाचित भएको केही घण्टापछि उनले राजीनामा दिएको थिए ।

चवन्न बर्षीया एन्डर्सनले सोसल डेमोक्रेटबाट मात्र बनेको अल्पसंख्यक सरकार गठन गर्ने सम्भावना देखिएको छ । उनलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी गठबन्धनको बहुमत सदस्यले उनीविरूद्ध मतदान गर्नुपर्ने प्राबधान स्वीडेनको कानूनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्