Logo
Logo

बारसंग छलफल गर्दै देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देवाउले आज (शुक्रबार) नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे छलफल गर्ने कार्यक्रम रहेको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ देखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्