Logo
Logo

पाकिस्तानमा ऋणका कारण देश चलाउन सकस



काठमाडौंं । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताए । उनले देशमा ऋण बढिरहेको र नागरिकले कर तिर्न चासो नदिँदा अवस्था झनै खराब भएको एनडीटीभीले उल्लेख गरेको छ ।

उनले देश चलाउन पैसाको अभाव हुँदै गएको चिन्ता भएको उल्लेख गर्दै पाकिस्तानमा जम्मा ३० लाख जनाले मात्रै कर तिर्ने गरेको र त्यसमा पनि १० लाख जनाले निकै कम मात्रामा आम्दानी देखाएर कर छल्ने गरेको पाइएको छ । पाकिस्तानमा डेढ करोड नागरिक कर तिर्न योग्य भए पनि सरकारले करको दायरामा ल्याउन नसकेको बताइन्छ ।

यो अवस्था आउनुमा अघिल्लो सरकारका प्रधानमन्त्री नवाज सरिफ मुख्य जिम्मेवार रहेको प्रधानमन्त्री खानको आरोप छ । पछिल्लो १० वर्षमा मात्रै पाकिस्तानको ऋण ६ हजार खर्बबाट बढेर ३० हजार खर्ब पुगेको छ । पाकिस्तान विश्वमै सबैभन्दा धेरै विदेशी ऋण लिने देशको शीर्ष १० भित्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्