हङकङमा देखियो कोरोनाको नयाँ भेरियन्ट « Drishti News – Nepalese News Portal
Logo

हङकङमा देखियो कोरोनाको नयाँ भेरियन्ट


दृष्टि संवाददाता


काठमाडौं । हङकङमा दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट भेटिएको छ । केही दिनअघि भल्भ भएको मास्कको कारण संक्रमण सरेको पाइएका व्यक्तिमा यो भेरियन्ट देखिएको हो ।

पहिलोपटक हङकङमा यो संक्रमण देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । बिहीबार हङकङको स्वास्थ्य विभागले संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

यो भेरियन्ट सबैभन्दा धेरै उत्परिवर्तित (म्युटेट) भएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘न्यु’ नाम दिन सक्ने अनुमान छ ।

अहिलेसम्म विश्वभर यो भेरियन्ट नौ जना मानिसमा देखिएको छ। जसमध्ये ६ जना दक्षिण अफ्रिका र तीनजना बोत्स्वानामा नागरिक छन् ।

अहिलेसम्म यो भेरियन्टबारे स्पष्ट जानकारी आइसकेको छैन । तर, यो भाइरस सबैभन्दा धेरै उत्परिवर्तित भएकाले धेरै संक्रामक पनि हुन सक्ने वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । अहिले भेटिएको नयाँ भेरियन्टमा कोरोना भाइरसमा ३२ प्रोटिन म्युटेसन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्