Logo
Logo

महाधिवेशन ओलीमय, ओलीको तस्बिर अंकित प्रतिमास्क ५० रुपैयाँ



चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ । महाधिवेशनको रौनकतासँगै चितवन केपी ओलीमय भएको छ ।

अध्यक्ष ओलीको जताततै प्रतिभा र मस्कट बनाएको छ । ओलीका प्रतिभा र मस्कटसँग शेल्फी खिच्नेहरुको भीड नै लागेका छन् । तर, महाधिवेशनस्थलमा भने ओलीको प्रतिमा राखिएको छैन ।

यसअघि विधान महाधिवेशनमा पानीको बोटलमा समेत छाएका ओली १० औँ महाधिवेशनमा मास्क र टोपीमा छाएका छन् । विधान महाधिवेशनमा ओलीको प्रचारशैलीलाई लिएर आलोचना भएको थियो । कम्युनिष्ट पार्टीमा व्यक्तिको अतिदेवत्वकरण गरिएको भन्दै त्यतिखेर आलोचाना भएको थियो ।

तर, १०औँं महाधिवेशनमा ओली टोपी र मास्कमा छाएका छन् । केही व्यापारिक समूहले केपी ओलीको तस्बिर अंकित मास्क छापेका हुन् । सहभागीलाई उनीहरुले प्रतिमास्क ५० रुपैयाँमा बेचिरहेका छन् । त्यस्तै व्यापारिक समूहले केपी ओलीको तस्बिर अंकित टोपी समेत बनाएर बेचिरहेका रहेका छन् । प्रतिटोपी १ सय ५० मा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्