Logo
Logo

एनआईसी एशिया बैंक र स्पार्क हेल्थहोमबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रालि काठमाडौंबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरेका छन् ।

मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बयस बैंकले करिब १६ लाख ग्राहकलाई सेवा दिइरहेको छ । प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्