Logo
Logo

एमाले महाधिवेशन : प्रचण्ड जान नपाएपछि लीलामणि गए



काठमाडौं । नेकपा एमालेको १०औँं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन पुगेका छन् । आजदेखि सुरु भएको एमालेको महाधिवेशनमा नेकपा माओवादीको नेतृत्व गर्दै पोखरेल चितवन पुगेका हुन् ।

एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । तर, अध्यक्ष प्रचण्ड व्यस्तताका कारण जान नपाएपछि पोखरलेलाई पठाएको नेकपा माओवादीले जनाएको छ ।

अध्यक्ष प्रचण्ड आज काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्