Logo
Logo

एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री देउवा चितवन प्रस्थान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन प्रस्थान गरेका छन् ।
चितवन जानुअघि प्रधानमन्त्री देउवाले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग न्यायालयमा देखिएको समस्याबारे छलफल गरेका थिए । छलफललगत्तै उनी चितवन प्रस्थान गरेका हुन् ।

बार पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको समस्याप्रति आफू जानकार रहेको भन्दै छिट्टै समाधान हुने बताए । बैठकमा बारका पदाधिकारीले न्यायालयभित्रको अवस्था, जारी आन्दोलन र प्रधान्यायाधीशको बहिर्गमनको आवश्यकताबारे जानकारी गराएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले न्यायालयबारे जारी आन्दोलनबारे आफू अपडेट रहेको बताउँदै छिट्टै निकास खोज्ने बताए । प्रधानमन्त्री देउवाले भने, ‘मैले न्यायालयमा देखिएको समस्यालाई बुझेको छु । सबैसँग छलफल गरेर छिट्टै निष्कर्षमा पुग्नुपर्छ । गठबन्धनमा छ्ट्टिै छलफल गर्छु ।’

प्रतिक्रिया दिनुहोस्