Logo
Logo

रक्तचन्दनको अवैध तेलसहित १० कारोवारी पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–८ तिलगंगास्थित आँखा अस्पताल पछाडिबाट ३३ लिटर रक्तचन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त तेल प्रतिलिटर रु ५ लाखका दरले अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा महाशाखाबाट खटेको प्रहरीको विशेष टोलीले १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुली जिल्ला हरिहरपुर गाउँपालिका–४ घर भई हाल काठमाडौं बानियाँटार बस्ने ५० वर्षीय हेमकुमार श्रेष्ठ, मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ घर भई ललितपुर सानुगाउँ बस्ने ३९ वर्षीय नवीन उपनामले चिनिने मंगल सिंह, काठमाडौँ टोखा नपा–४ घर भई ३७ वर्षीय इक्रम श्रेष्ठ, काभ्रे बनेपा नपा–४ घर भई भक्तपुर दुवाकोट बस्ने ३१ वर्षीय कार्साङ लामा, खोटाङ हलेसी नपा–६ घर भई काठमाडौं महाराजगन्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, काठमाडौं–८ तिलगंगाका ५१ वर्षीय मदन पोडे, रहेका छन् ।

त्यसैगरी खोटाङ, हलेसी नपा–९ घर भई हाल काठमाडौं चावहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नपा–६ घर भई काठमाडौं सामाखुशी बस्ने २५ वर्षीय सुदीप थडराई, कामनपा–१३ छाउनीका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र कामनपा–१३ छाउनीकै ५१ वर्षीय अनुपकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि वन डिभिजन कार्यालय हात्तीसर काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्