Logo
Logo

संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्छ : यादव



चितवन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताएका छन् ।

चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए । उनले सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति, संघीयता र समृद्धिहरू टाढिँदै गएको छ ।’ उनले जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई ओझेलमा पारिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्