Logo
Logo

मधेसको माग सम्बोधन नभए मानव साङ्लो उतार्ने महन्थको चेतावनी



चितवन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसका माग सम्बोधन नभए २० लाख जनता उतार्ने बताएका छन् ।

शुक्रबार चितवनमा सुरु भएको नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो चेतावनी दिएका हुन् ।

फाइल फोटो

उनले यसअघि पनि २० लाख मानव सांङलो उतारेको स्मरण गर्दै भने, ‘मधेशको माग सम्बाधेन नभए २० लाखको मावव साङ्लो उतार्न नपरोस् ।’ उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही मुद्दा र माग सम्बोधन गर्ने प्रयास गरेपनि सबै हुन नसकेको बताए ।

‘केपीजीले सरकारको नेतृत्व गर्दा केही मुद्दा फिर्ता र बन्दी रिहाका काम भएका थिए । सबै हुन पाएको छैन’ उनले भने, ‘अहिले प्रधानमन्त्री देउवाजी हुनु भएको छ । हाम्रा संसद नेता कार्यकर्ता अझै जेलमा छन् उनीहरुलाई छोड्ने र मुद्दा फिर्ता लिन सहयोग गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्