Logo
Logo

‘नेपालमा बामपन्थीबीच एकअर्कालाई खुइल्याउने काम मात्रै भयो’



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका बामपन्थीबीच एक–अर्कालाई खुइल्याउने काम मात्रै भएको टिप्पणी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै केसीले विश्वमा वाम आन्दोलन सकिँदै गइरहँदा नेपालमा एक अर्काको गोडा तान्ने काम भइरहेको बताएका हुन् ।

उनले देशभित्रको समस्यामा वाह्य शक्तिलाई सबै कुरा भनेका कारण उनीहरुले हेपेको टिप्पणी गरे। ‘अहिले देखिएको अराजकता हामी नेताका कारण भएको हो भनेर स्वीकार गर्नु पर्‍यो,’ उनले भने, ‘हामी राजनीतिक दल नसुध्रिएसम्म हुँदैन। राजनीतिकलाई पेसा बनाएसम्म यस्तै हुन्छ।’

राजनीतिलाई पेसा बनाएसम्म अहिलेको अवस्था कायम रहने बताए ।

प्रतिक्रिया दिनुहोस्