Logo
Logo

आगामी चुनावपछि एमालेको सरकार बन्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको सबैभन्दा ठूलो पाटी भएको दाबी गरेका छन् ।

चितवनमा आयोजित १०औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै एमाले प्रमुख राजनीतिक पार्टी मात्र नभएर देशलाई परिवर्तन दिलाउने पार्टी भएको बताए । एमाले ऐतिहासिक अभिभारा बोकेको पार्टी भएको उनले बताए ।

उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए । उनले भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन । वास्तविकरुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले ।’

आगामी चुनावपछि एमालेको सरकार बन्ने अध्यक्ष ओलीले दाबी गरे । उनले भने, ‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ र एकालेले बाँकी रहेका विकासका अधुरा कामलाई पूरा गर्छ । स्थानीय निर्वाचनमा पहिला जस्तो ४० प्रतिशत बढी होइन, ५० प्रतिशतभन्दा बढी एमालेले ल्याउँछ ।’

प्रतिक्रिया दिनुहोस्