जर्मनीले दक्षिण अफ्रिका आउने यात्रुलाई रोक लगायो « Drishti News – Nepalese News Portal
Logo

जर्मनीले दक्षिण अफ्रिका आउने यात्रुलाई रोक लगायो


दृष्टि संवाददाता


एजेन्सी । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताएका छन् ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र (सम्भवतः छिमेकी राष्ट्रहरू) लाई असर गर्ने स्पानले बताए ।

यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्