Logo
Logo

तेह्रथुमका ४३ वटै वडामा माओवादीको सर्वसम्मत नेतृत्व चयन



तेह्रथुम । नेकपा माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

गत ४ मंसिरबाट सुरू वडा अधिवेशनबाट सबै वडामा सहमतिबाट नेतृत्व चयन गरिएको माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिव तेजमान कन्दङ्वाले जानकारी दिए ।

केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा वडा सम्मेलनमा जुटेको माओवादीले गाउँगाउँमा नेता कार्यकर्तासँग भेटघाट र संगठन विस्तारलाई तिव्र बनाएको छ ।

वडा सम्मेलन सम्पन्नसँगै माओवादीले पालिका सम्मेलनमा तयारी गरेको छ । माओवादीले शनिबारदेखि पालिका अधिवेशन सुरु गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्