Logo
Logo

मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी राख्दिनँ : श्रममन्त्री



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

शनिबार काठमाडौं मोर्डन स्कूल अल्मुनाईले गरेको कार्यक्रममा सफाई मजदुरलाई ट्रयाक वितरण गर्दै मन्त्री श्रेष्ठले मजदुरका समस्या समाधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताएका हुन् । उनी आफू सामान्य किसानको छोरो भएपनि जनताले मन्त्रालयमा पठाएको बताउँदै काम गर्ने मान्छेलाई जनताले साथ दिने बताए ।

मन्त्री श्रेष्ठले आफू केही परिवर्तन गर्न मन्त्री बनेको उल्लेख गर्दै परिवर्तनका केही संकेत देखापरिसकेको बताए । उनले श्रम विभागमा केही दिनअघि आफू अनुगमनमा जाँदा देखिएका दृश्य हुन् अथवा कोरिया जान लागेका श्रमिकलाई ठगिनबाट बचाएका दृश्यहरु काफी भएको जानकारी दिए । कार्यक्रममा सरसफाई मजदुरहरुलाई २१ वटा संघसंस्थाले ट्रयाक सुट वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्