चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । निर्धारित समयभन्दा झण्डै पाँच घण्टापछि चितवनको सौराहास्थित होटल सेभेन स्टारमा बन्द सत्र सुरु भएको हो ।

बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि आइसकेका छन्। पार्टी अध्यक्ष केपी ओली पनि हलमा प्रवेश गरेका छन् । बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । महाधिवेशनको बन्द सत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने एक नेताले जानकारी दिए । बैठकले १०औँ महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो ।













