Logo
Logo

सहमति गर्ने भए मेरै नाममा गरौं : भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको लागि आफ्नो दाबेदार कायम रहेको बताएका छन् । बन्दसत्र सुरु हुनुअघि पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्षमा आफूले उम्मेदवारी दिने दोहोर्‍याएका हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति भएको पनि बताए । ‘अध्यक्ष पदमा विभिन्न कारणहरू दर्साएर उम्मेदवारी घोषणा गरेको छु । त्यसमा कायम छु । त्यसमा दृढ छु’, उनले भने, ‘सहमति गर्ने भए मेरै नाममा गरौं ।’

अध्यक्षको उम्मेदवारको मैले पहिले नै घोषणा गरिसकेको र मनोनयनको नामांकन पेस गर्ने बेलामा दरखास्त दिने बताए । उनले भने, ‘जबजमार्फत् एमालेले स्वच्छ प्रतिस्पर्धा र नेताहरूले पार्टीबाट अनुमोदित भएर जानुपर्ने र राज्य चलाउनेहरुले जनताबाट अनुमोदित भएर जानुपर्ने सिद्धान्त अपनाएको छ त्यसैले अध्यक्षको उम्मेदवारको मैले पहिले नै घोषणा गरिसकेको छु । मनोनयनको नामांकन पेस गर्ने बेलामा मैले दरखास्त दिन्छु।’

यता, एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने पार्टीको नेतृत्व चयनमा सहमति भएको बताएका छन् । बन्दसत्र हलमा प्रवेश गर्दै ओलीले पार्टीको सबै पदमा सहमति भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्