Logo
Logo

एमालेको १०औं महाधिवेशनको बन्दसत्र तस्बिरमा हेर्नुहोस्



चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो ।

सहमतिमा पदाधिकारी चयनको प्रयासका लागि करिब ५ घण्टा समय वितेको थियो । तर बन्द सत्रअघि सहमति गर्ने प्रयास सफल हुन सकेन । सहमति नभएपछि अहिले बन्दसत्र चलिरहेको छ ।

बन्दसत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् । बन्दसत्रलाई विदेशबाट बोलाइएका अतिथिहरूले सम्बोधन गरेका छन् भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइँदै छ ।

अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्