Logo
Logo

राजधानीका अस्पतालमा लुटेरा समूह सक्रिय, पाटन अस्पतालमा बेहोस बनाएर लुटपाट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ ।
पेशेवर लुटेरा समूह उपत्यकाका अस्पतालमा सक्रिय हुन थालेका छन् । कुरुवाका आफन्तहरुलाई बेहोस बनाएर उनीहरुले लुटपाट गर्न थालेका छन् ।
ललितपुरको पाटन अस्पतालमा यस्तै लुटपाट भएको छ ।
वैशाख २६ गते कालिकाटीकी पदममाया श्रेष्ठलाई बेहोस बनाएर एक समूहले लुटेको हो । नर्सहरुको काउन्टर नजिकै खाली रहेको बेडमा सुतेको अवस्थामा उनी लुटिएकी हुन् । उनी बिहान एकैपटक १ बजे बिउँझिएर बाथरुम गइन् । । बाथरुमबाट फर्किदैँ गर्दा हातमा लगाएको औंठी नदेखेपछि उनी आश्चर्यमा परिन् । लगत्तै तुलसीको उपचारमा खटिएका नर्सहरुसमक्ष पुगिन् । घटनाबारे जानकारी गराइन् ।

उनले भनिन्, ‘राती सुत्दा दुवै हातमा रहेको औंठी बिहान उठ्दा छैन ।’

प्रसुती गृहको १ तलामाथि निदाएको बेला अज्ञात व्यक्तिले नाकमा क्लोरोफर्म सुघाँएर पदममायाको गहना लुटपाट गरेको बताइएको छ । टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा पोल्ने भएपछि पदममायालाई पाटन अस्पतालमै उपचार गराइयो ।

उनले भनिन्, ‘यति ठूलो अस्पतालमा सीसी क्यामेरा नै छैन् । अस्पतालमा यस्ता घटना धेरै घट्ने भएको कारण सीसी क्यामेरा राख्न आवश्यक छ ।’
‘एक नर्सका अनुसार राति २ पटकसम्म बत्ती गएको थियो । अर्को नर्सका अनुसार अस्पतालमा जेनेनेटर भएको कारण बत्ती नै गएको छैन् । यहाँ नर्सहरुबीच नै कुरा बाझिएको छ,’ पदममायाले भनिन् । पाटन अस्पतालमा पटक पटक यस्ता लुटपाट भएका छन् । घटनाको अनुसन्धान भइरहेको एसएसपी रबिन्द्र बहादुर धानुकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्