Logo
Logo
एमालेको १०औं महाधिवेशन

पदाधिकारी र सदस्यको संख्या बढ्यो तर भएन सर्वसम्मत



काठमाडौं । नेकपा (एमाले) मा पदाधिकारी बढाउने प्रस्ताव आएपनि नेतृत्व चयन सर्वसम्मत टुंगो लगाउन सकेको छैन । पदाधारीको संख्या बढाएर शीर्ष नेताहरुको व्यवस्थापन गर्दै पदाधिकारी सर्वसम्मत टुंगो लगाउन दिनभर कसरत भयो । र, पनि नेतृन्व सर्वासम्मत टुंगो लगाउन सकेन ।

१०औं महाधिवेशनको बन्दसत्र पनि निर्धारित समयमै सुरु हुन सकेन् । निर्धारित समयभन्दा झण्डै पाँच घण्टापछि सुरु भएको थियो । पदाधिकारीमा सर्वसम्मत गर्ने अध्यक्ष केपी शर्मा ओलीको चाहनाले समस्या आएको हो । ओली समूहबाटै पदाधिकारीका आकांक्षीहरु बढी भएपछि पदाधिकारीको संख्य बढाएपनि सर्वमम्मत नेतृत्वको टुंगो भने लगाउन सकेन ।

अध्यक्ष ओलीले विधान महाधिवेशनलाई ‘धोती’ लगाइदिएको भन्दै महाधिवेशनमा सहभागी एक प्रतिनिधिले असन्तुष्टी व्यक्त गरे । इतिहासमै छुटै विधान महाधिवेशन सम्पन्न गरेर विधान पारित भइसकेपछि पनि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या आफूअनुकुल बढाउनु मनपरी भएको उनले बताए ।

‘सर्वसम्मतको नाममा पदाधिकारी र सदस्यको संख्या बढाउने काम गतल हो । यदी नेतृत्व चयनका लागि हुने महाधिवेशनमा यसरी संख्या बढाउने र घटाउने काम भयो भने त्यो विधान महाधिवेशनको के काम ?’ प्रश्न गर्दै ति प्रतिनिधिले भने ।

एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने व्यवस्था गरेको छ ।

तर विधानमा संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्य बढाउने प्रस्ताव बन्दसत्रमा पुगेको छ । पदाधिकारीमा एक वरिष्ठ उपाध्यक्ष सहित चार उपाध्यक्षको ठाउँमा एक वरिष्ठ उपाध्यक्ष सहित ६ उपाध्यक्ष, एक उपमहासचिवको ठाउँमा तीन उपमहासचिव बनाउने प्रस्ताव बन्दसत्रमा पुगेको हो । प्रस्तावमा १९ जनाको पदाधिकारी हुने र सबै पदाधिकारी भएको सचिवाल गठन हुनेछ ।

प्रस्तावमा २ सय १० केन्द्रीय सदस्य हुने ठाउँमा २ सय ८२ हुने व्यवस्था छ । शुक्रबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले यो नयाँ प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव बन्दसत्रबाट पारित भएपछि लागू हुनेछ । र, सोही अनुसार निर्वाचन हुने केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए । तामाङले नेतृत्व चयन सर्वसम्मत नै हुने दावी गर्दै प्रयास जारी रहेको बताए । तोकिएकै समयमा नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्