Logo
Logo

गौशला वृत्तमा आईजिपी खनालको छड्के


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ ।
महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको महानगरीय प्रहरी वृत्त गौशाला पुगेर छड्के निरीक्षण गरेका छन् । शुक्रबार मध्यान्ह त्यहाँ पुगेर खनालले बृतबाट हुने कामकारबाही बारे जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन् । कार्यालय नागरिक मैत्री राख्न, समुदाय साझेदारी प्रहरी अनुरुप काम गर्न, र अपराध विरुद्ध कठोर भएर लाग्न समेत खनालले निर्देशन दिए

खनालले बृतमा आएका सेवाग्राहीका समस्या पनि सुनेका थिए। एक सेवाग्राहीले सवारी साधनको नम्बर प्लेट नै नदेख्ने गरी चलाउँदा पनि प्रहरीले कारबाही नगरेको भन्दै गुनासो गरेका थिए। वृत्तहरुमा अनियमितताको उजुरीपछि छड्के गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्