Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्ध्घाटन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्ध्घाटन गर्नुभएको छ । खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताउनुभएको छ । “यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ ।” प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्