Logo
Logo

बुटवलको रामनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंकले रुपन्देही जिल्ला वुटवल उपमहानगरपालिका–१० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले शुक्रबार एक समारोहका विच बैंकको रामनगर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथिको मन्तव्य राख्दै बालकृष्ण थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी गराए । साथै, कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ । साथै, श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्