Logo
Logo

रुपन्देहीमा माछापुच्छरेको शाखारहित बैंकिङ सेवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले रुपन्देहीमा १ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।


यो सहित माछापुच्छरे बैंक लिमिटेडको हालसम्म ९८ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्