Logo
Logo

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । कारोना संक्रमणपछि बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) अस्पतालमा भर्ना भएका जबरा शुक्रबार (आज) बिहान डिस्चार्ज भएका हुन् ।

प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए ।

बिहीबार इजलास छाडेर बैठकमा बसेका न्यायाधीशहरुसँगको टेलिफोन कुराकानीमा आफूले अस्पतालबाट आएपछि छलफल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्