Logo
Logo

माओवादी केन्द्रको विधान परिमार्जन गर्न कार्यदल गठन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । स्थायी कमिटीको शुक्रबार (आज) बिहान बसेको बैठकले देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल गठन गरेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले कार्यदलमा पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेको जानकारी दिए । कार्यदलले मंसिर २५ गतेसम्म विधान मस्यौदा प्रस्ताव गर्नेछ ।

पत्रकारहरुलाई बैठकका निर्णयबारे जानकारी दिँदै कृष्ण बहादुर महरा ।

आजको बैठकले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।

त्यस्तै प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको छ । केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत बैठकले दिएको महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्