Logo
Logo

‘दासत्व स्वीकार गर्ने व्यक्तिलाई मात्रै ओलीले पार्टीमा स्थान दिए’



अछाम । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले १० बुँदे सम्झौता गर्ने १० भाईको एमालेको १०औँ महाधिवेशनमा हरविजोग भएको दावी गरेका छन् ।

केपी शर्मा ओलीले दासत्व स्वीकार गर्ने व्यक्तिलाई मात्रै पार्टीमा स्थान दिएको धारणा व्यक्त गर्दै उनले अब सच्चा कम्युनिष्ट ढिलो चाँडो एकीकृत समाजवादीमा आउने जिकिर गरे । पन्चदेवल विनायक नगर संगठन कमिटी प्रथम भेलालाई सम्बोधन गर्दै कुँवरले यस्तो बताएका हुन् ।

पन्चदेवल विनायक नगर संगठन कमिटी अध्यक्ष ललित शाहीको अध्यक्षतमा सम्पन्न भेलामा विशिष्ठ अतिथिको रुपमा सहभागी केन्द्रयी सदस्य, अछाम ईन्चार्ज, तथा साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले एकताको नाममा भीम रावलले केपी शर्माको गलत कदमलाई समर्थन गरेको बताए । उनले सोही कारण रावललाई साथ नदिएको बताए ।

यस्तै, केन्द्रीय सदस्य शंकर भण्डारीले केपी ओलीको निरंकुशता, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताए । उनले केपी ओलीको गलत कदमविरुद्ध एमालेबाट बिद्रोह गरेर समाजावादी पार्टीको निर्माण भएको बताए ।

प्रथम भेलालाई एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउद, डम्बर नेपाली, जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, उपसचिव नवराज न्यौपाने, युवा संघका केन्द्रीय सचिवालय सदस्य मोहन साउद, अनेरास्ववियूका अछाम जिल्ला कमिटी अध्यक्ष शंकर विष्टलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्