Logo
Logo

कीर्ते गर्दै चौधरी



काठमाडौं । नाडाको साधारणसभामा निर्वाचन हार्ने देखेपछि अध्यक्ष पदका उम्मेदवार करण चौधरीले विभिन्न कम्पनीको लेटरप्याड, छाप र हस्ताक्षर कीर्ते गरेर प्रोक्सी मत संकलन गरेको आरोप छ ।

नाडाका साधारण सदस्यहरुको हस्तक्षर नै कीर्ते भएको थाहा पाएपछि एक सयभन्दा बढी सदस्यहरुले उक्त प्रोक्सी मत बदर गर्न माग गर्दै नाडा सचिवालयमा उजुरी गरेका छन् ।

आज दिउँसोसम्म कीर्ते गरिएका ‘प्रोक्सी’ मत बदर नभए ती सदस्यहरु प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन जाने कुरा नाडाका सदस्यले दृष्टि अनलाइनलाई बताएका छन् ।

नाडा स्रोतका अनुसार एकै व्यक्तिले विभिन्न दुई सयभन्दा बढी कम्पनीको लेटरप्याड, छाप र हस्ताक्षर नक्कली बनाएको थाहा भएको छ ।

यसमा प्रहरीमा उजुरी परेको खण्डमा कीर्ते गर्ने नाडाका सचिवालय सदस्य र वर्तमान अध्यक्षसमेत जेल जानु सक्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्