दाङ । प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले शकंर पोखरेल दाङको विकास विरोधी भएको बताएका छन् ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दाङको जिल्ला भेलालाई सम्वोधन गर्दै उनले शकंर पोखरेल दाङको विकास विरोधि भएको दावी गरेका छन् । जनताले शकंर पोखरेललाई दाङ जिल्लावाट धेरैपटक जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पछिल्लो समय लुम्बिनी प्रदेशको मुख्यमन्त्री वनाउदा समेत दाङको विकासक्रमले गति लिन नसकेको आरोप लगाउँदै उनले शकंर पोखरेलकै कारण दाङको विकास हुन नसकेको बताए ।

‘मैले आज दाङका विभिन्न योजनाहरुको बारेमा चासो राखेर अनुगमन गरे’ उनले भने, ‘सबै योजनाहरु समयमै सम्पन्न हुन नसक्नुमा शकंर पोखरेलको हात रहेछ ।’ समयमै काम नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको तथ्यसमेत फेला पारेको बताए ।
जसको उदाहरण घोराइ–तुल्सीपुर सडकको जिम्मा पाएका तुल्सीपुर नगरपालिका मेयर घनश्याम पाण्डेका छोरालाई उनै शकंरले काखी च्यापेको आरोप लगाउँदै उनले विकास विरोधी शकंर पोखरेललाई जनताले आगामी निर्वाचनमा देखाइदिने बताए ।
उनले दाङको विकास विरोधी शकंर पोखरेललाई दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफुसगँ निर्वाचन लड्न चेतावनी दिए । चुनावी एकता हुँदा हिजोपनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले अर्को निर्वाचन क्षेत्रवाट निर्वाचन लडेको स्मरण गराउँदै नेता चौधरीले अब दाङबाट शकंरले आफ्नो जमानत समेत जोगाउन नसक्ने बताए ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले तिन महिनामा तिनलाख जनताहरु पार्टीमा प्रवेश गरेको बताए ।
यात्रा समृद्धिको लक्ष्य समाजवादको मुल नारा लिएको पार्टीको जिल्ला भेला तुल्सीपुर उद्योग वाणिज्य सघंको सभाहलमा सम्पन्न भएको हो । भेलालाई पार्टीका केन्द्रीय उपमहासचिव डाक्टर विजय पौडेल, सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासि, केन्द्रीय सदस्य जोगबहादुर राना, हिराचन्द्र केसी, अनारकलि मियालगायतका करिब १ दर्जन नेताले सम्बोधन गरेका थिए ।












