Logo
Logo

पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताएका हुन् ।

उनले अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने जिकिर गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, हाम्रो पार्टी आउँदो निर्वाचन देशव्यापीरूपमा जित्नेछ, हामीसँग टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ ।’

प्रतिक्रिया दिनुहोस्