Logo
Logo

राप्रपा ‘एकता महाधिवेशन’ मा फुटको चिन्ता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षका लागि भइरहेको प्रतिस्पर्धाले तीव्र ध्रुविकरण देखिएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा छ । दुवै जना राप्रपा नेपालको पुष्ठभूमिका नेताहरु हुन् । राप्रपा नेपाल गठन भएदेखि नै अधिकांश समय अध्यक्ष रहेका थापालाई लिङ्देनले चुनौती दिएका छन् ।

उनले थापाकै नेतृत्वमा राप्रपा उँभो लाग्न नसक्ने दाबी गर्दै आएका छन् । थापा र लिङ्देन उनीहरुको समर्थकहरुबीच आरोप(प्रत्यारोप चलेको छ । प्रतिस्पर्धा तीव्र हुँदै जाँदा धेरै कार्यकर्ताहरुमा भने महाधिवेशनले राप्रपाको एकता कायम राख्छ कि राख्दैन भन्ने विषयमा चिन्तासमेत देखिएको छ । विगतमा पनि महाधिवेशनको विवाद समाधान हुन नसक्दा राप्रपा विभाजन भएको इतिहास छ । त्यसले अहिले दुवैतर्फ देखिएको प्रतिस्पर्धाले प्रतिनिधिहरुमा चिन्ता बढाएको छ ।

महाधिवेशनमा काठमाडौं ७ ‘क’ महाधिवेशन प्रतिनिधि राजकुमार थापा पनि नेतृत्वका लागि भइरहेको तीव्र प्रतिस्पर्धाले पार्टी विभाजन हुने हो कि भन्ने चिन्ता लागेको बताउँछन् । ‘विगतमा पनि यस्तै देखिएको हो । अहिले पनि तीव्र प्रतिस्पर्धा छ । भोलि के हुन्छ भन्न सकिँदैन । राप्रपाको टुटफुटको इतिहास छ’ थापाले भने । पूर्वपञ्चहरुको राप्रपा गठन फुटबाट भएको थियो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्