Logo
Logo

जबराको बहिर्गमन : ‘अब महाभियोगबाट’



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका न्यायिक क्षेत्रका व्यक्तिहरूले अब उनलाई महाभियोगमार्फत पदच्युत गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाका सांसदहरू र कानुन तथा न्याय क्षेत्रका विशिष्ठ व्यक्तिहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन अब महाभियोगबाट हुनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले शुक्रबार आयोजना गरेको ‘न्यायपालिकामा सुधारस् सम्भावना र चुनौती’ छलफलमा न्यायलय सुधारको बाधक रहेकाले आजसम्म जबराको राजीनामा माग गर्दै आएकोमा अब भने महाभियोगबाटै उनलाई पदच्युत गर्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले प्रधानन्यायाधीश जबराका काम कारबाही र निर्णय महाभियोगलगायत पर्याप्त भएको र आफूले एक महिनाभन्दा पहिलेदेखि त्यस्तो धारणा राख्दै आएको बताए ।

सांसद् अधिकारीले जबरामाथि महाभियोग लगाउनुपर्ने चार वटा कारण दिए । उनका अनुसार, जबराले संवैधानिक परिषद्मार्फत विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिसविरुद्ध परेका निवेदनमा आफैंले जबरजस्ती मुद्दा हेरे । ‘आफूविरुद्ध परेको मुद्दामा आफैं न्यायाधीश हुन नमिल्ने प्राकृतिक न्यायको सिद्धान्तविपरीत उनले मुद्दा सुनुवाइ गरे । महाभियोगका लागि यही एउटा कारण पर्याप्त छ,’ सांसद् अधिकारीले भने ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्