Logo
Logo

देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम ?



काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १ र प्रदेश न २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम महाशाखाले जनाएको छ ।

अजा दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै राती प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानहरूमा हल्का वर्षा हुनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ । साथै सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिन समेत महाशाखाले अनुरोध गरेको छ ।

आगामी दुई दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर १९ गते (आईतबार) दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू्भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।

२०७८ मंसिर २० गते (सोमबार) दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली, प्रदेश न १ र वागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै, सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र प्रदेश न १, वागमती, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही वाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान, तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । यस्तै सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागको एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्