Logo
Logo

छुरा हानेर युवकको हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ जेठ ।
धनकुटामा छुरा हानेर एक युवकको हत्या भएको छ । महालक्ष्मी नगरपालिका २ मारे ककटहरेमा आज बिहान एक युवकको छुरा प्रहार गरी हत्या भएको छ । महालक्ष्मी नगरपालिका २ डाँडागाउँका २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको छुरा प्रहरी गरी हत्या भएको प्रहरीले जनाएको छ । गाउँमा लागेको चण्डी पूर्णिमा मेलामा भेला भएका दुई पक्षबीच विवाद हुँदा स्थानीय २५ वर्षीय घनेन्द्र लिम्बुले उनीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।


बिहान करीब ५ बजे दुई पक्षबीच भएको झडपका क्रममा घाइते भएका सन्तोषको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनामा संलग्न अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ । यसैबीच, सो स्थानमा औपचारिक रुपमा नगरपालिका तथा स्थानीय प्रशासनलाई अग्रिम जानकारी नगरी मेला आयोजना गरेको पाईएको नगरपालिका प्रमुख पर्शुराम नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्