Logo
Logo

हरवाचरवा अधिकार मंच रौतहटको अध्यक्षमा बिजनेस पासवान



रौतहट । रौतहटको गरुडामा हरवाचरवा अधिकार मंचको जिल्ला भेला आज सम्पन्न भएको छ ।

सम्पन्न भेलाले बिजनेस पासवानको अध्यक्षतामा १५ सदस्यीय हरवाचरवा अधिकार मंच रौतहट जिल्ला कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा खुश्बु कुमारी पासवान, उपेन्द्र साह, सह–सचिवमा रामईश्वर पासवान, कोषाध्यक्षमा शन्ति राम रहेका छन् ।

यस्तै सदस्यहरुमा दिपेन्द्र तिवारी, उर्मिला कार्की, छोटेलाल राम, करुणा पासवान, रुना पासवान, मिना देबि माझी, उपेन्द्र पटेल, दशरथ महरा, सुनिता राम र रेखा पासवान रहेका छन् ।

गरुडा उधोग बाणिज्य संघको सभा हलमा भगमनिया देबि रामको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथि गरुडा नगरपालिकाको उपमेयर रंगिला देबि जैसवालले अत्यन्तै पिछडिएका हरवाचरवाहरुको पहिचान गरी तिनिहरुको अधारभुत आवश्यकता पूरा गर्नुको साथै बिस्तारै योजनाबद्द ढंगले तिनिहरुको पक्षमा योजना ल्याउन आफ्नो स्थानीय तहमा जोडदार पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरिन् ।

भेलामा द फ्रिडम फण्डका प्रामर्शदाता एवं कानुनी सल्लाहकार बलराम भट्टराई, हरवाचरवा अधिकार मंचका केन्द्रीय अध्यक्ष दशन मण्डल, सिरहा अध्यक्ष श्यामसुन्दर सदा, राष्ट्रिय दलित नेट वर्कका टिम लिडर हुकुम सार्की, रुपनारायण पासवान, सुब्बासाहेब पासवान लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्