Logo
Logo

सडकबाटै राजतन्त्र र हिन्दू राष्ट्र घोषणा गर्छौं : लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सडकबाटै राजतन्त्र र हिन्दू राष्ट्रको घोषणा हुने दावी गरेका छन् ।

राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपालाई देशकै प्रमुख राजनीतिक दलको रुपमा स्थापना गर्ने बताए ।

‘हामी कुनै पार्टी भन्दा कमजोर छैनौं । राजतन्त्र र हिन्दू राष्ट्रको घोषणा अब हामी सडक आन्दोलनबाटै घोषणा गर्न सक्छौं । सडक र सदन दुबैतर्फ हाम्रो संघर्ष जारी रहने र पार्टीको एजेण्डा पूरा गर्नका लागि पार्टीलाई बलियो बनाउने आगामी कार्ययोजना हुन्छ’, लिङ्देनले भने ।

आउने स्थानीय तहका साथै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाको उम्मेदवार जिताउन नेपाली जनता पार्टीको साथमा रहेको दावी उनले गरेका छन् । महाधिवेशन सम्पन्न भएसंगै पार्टी निर्वाचनको तयारीमा जुटने उनले बताए । नेताकार्यकर्तालाई समेत आउँने निर्वाचनको तयारीमा जुटन उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्