Logo
Logo

प्रदेश १ कांग्रेस अधिवेशन : गुरुराजको अग्रता



विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को जारी मतगणनामा संस्थापन इतरका सभापतिका उम्मेद्ववार गुरुराज घिमिरे २३ मतले अग्रता कायम गरेका छन् । निर्वाचन समितिकाअनुसार ६ सय मत गन्दा घिमिरेले २ सय ९९ मत प्राप्त गरेका हुन् । संस्थापन पक्षका उद्वव थापाले २ सय ७६ मत प्राप्त गरेका छन् ।

दुई उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी र टंकप्रसाद राई अगाडि देखिएका छन् । रायमाझीले २ सय ९२ र राईले २ सय ८३ मत पाएका छन् । इतर पक्षका गोविन्दप्रसाद ढुंगानाले २ सय ५७ र विश्वनाथ रिजालले २ सय ३३ मत प्राप्त गरेका छन् ।

महामन्त्रीमा भने इतर पक्षका उमेश थापा २ सय ७९ मतका साथ अगाडि छन् । इतर पक्षकै अर्का महामन्त्रीका उम्मेदवार दिपन कुमार श्रेष्ठले २ सय ६५ मत प्राप्त गरेका छन् । श्रेष्ठभन्दा दुई मतले संस्थापन पक्षका भुपेन्द्र राई अगाडि छन् । राईले २ सय ७० मत प्राप्त गरेका हुन् । संस्थापनकै पदम सुन्दर पालुङ्वाले २ सय ६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्