Logo
Logo

माओवादीले बनायो आन्तरिक समिति



काठमाडौं । नेकपा माओवादी (केन्द्र)ले आन्तरिक समिति गठन गरेको छ । माओवादी स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समिति बनाएको हो ।

सरकार र पार्टीको कामलाई व्यवस्थित गराउन समिति बनाएको माओवादीले जनाएको छ । समितिमा ३ जना स्थायी समिति सदस्य र पाँचजना मन्त्री रहेका छन् । समितिको सचिवमा हरिबोल गजुरेल रहेका छन् भने सदस्यहरूमा देव गुरुङ र लीलामणि पोखरेल रहेका छन् ।

त्यस्तै सरकारमा सरकारमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, शिक्षा, विज्ञान तथा संसदीय मामिलामन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्