काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाको काठमाडौं जिल्ला शाखाको २९औं जिल्ला सभा सफलतापूर्वक सम्पन्न भएको छ । सो समारोहका सभापति अजयसिंह सुवालको सभापतित्व तथा सचिव दिव्यलक्ष्मी बज्राचार्य र कोषाध्यक्ष श्रीकृष्ण महर्जनले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रतिवेदन सर्वसहमतिमा स्वीकृत भएको थियो ।
सोही कार्यक्रममा नेपालका चर्चित कलाकार प्रशान्त ताम्राकारको फेसन नेटवर्क नेपालको ‘नो शेभ नोभेम्बर फेसन अफ कज’फेसन सोबाट उठेका रकम रु २५ हजार यस संस्थालाई सहयोग गरेका थिए ।
त्यसैगरी आजीवन सदस्य निर्मला कार्की र लक्ष्मीमाया श्रेष्ठले पनि रु १०/१० हजार पनि यस संस्थालाई सहयोग गरेका थिए । सो कार्यक्रममा निवर्तमान सभापति भागवत श्रेष्ठ, उपसभापति हरिगोपाल प्रधान र अन्य पदाधीकारीहरु गिरीन्द्रमान राजवंशी, प्रकाशसिंह प्रधान, वीरेन्द्रलाल श्रेष्ठ, किरणकुमार महर्जन, मचाकाजी महर्जन, जुना श्रेष्ठ, निर्णय श्रेष्ठ, फुर्पुतेन्जिङ शेर्पा, सागर कटुवाल, जगत महर्जन, माणिक रत्न शाक्य, रिकेश महर्जन, मिस नेवाः सुदिना श्रेष्ठ, जुनु त्वायना, रिमा श्रेष्ठ, रामकृष्ण गडतौला, सागर श्रेष्ठ, शम्भु सुवेदी, विश्वनाथ पोखरेललगायतको उपस्थिति थियो ।